Like us!
Follow us!

विजय लघुवित्तले बोलायो विशेष सभा, के-के छन् एजेण्डा ?

विजय लघुवित्तले बोलायो विशेष सभा, के-के छन् एजेण्डा ?

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ। 

संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले निर्णयानुसार उक्त सभा फागुन १५ गते, शनिबार नवलपरासीको गैंडाकोटस्थित विजय विकास स्रोत केन्द्रमा बिहान ९ बजेदेखि सुरु हुनेछ। 

सभाले खप्तड लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा छलफल गरी पारित गर्नेछ । 

संस्थाले विशेष साधारणसभा प्रयोजनका लागि फागुन ७ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, फागुन ६ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन सक्नेछन्। 

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्: 

60238da0c4a07.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।