लगानी खबर, काठमाडौँ - २०७५ माघ २७ गतेबाट बीमा कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोबार संचालनको दुई वर्ष पुरा गरेको छ ।
कम्पनीले दोस्रो वार्षिक उत्सवको अवसर पारेर आजकै मितिबाट बिक्री गर्ने गरी नँया मनि ब्याक बीमा योजना “ महालक्ष्मी धनधान्य” पोलिशी सञ्चालनमा ल्याएको छ । आर्थिक वर्ष २०७६/७७को वासलात नाफा नोक्सान हिसाब बीमा समितिबाट स्वीकृती पछी ६० करोड रूपैयाँ बराबरको आइपिओ जारी गर्ने गरी प्रकृया शुरू गरेको छ ।
कम्पनीले २ वर्षको अवधिमा ६२ वटा शाखा/उपशाखा स्थापना, १६१९० अभिकर्तालाई तालिम, नौ वटा प्रोडक्ट लंच, रू१६५करोड बीमा शुल्क संकलन र २५६करोड लगानी गर्न सफल भएको छ ।
स्थापनाको एक वर्ष पछि नै कोरोना महामारीको कारण लक्ष्य अनुसार शाखा संजाल विस्तार, निरन्तर अभिकर्ता तालिम संचालन र व्यवसाय वृद्धि गर्न नसकेतापनि कम्पनीले आ.व २०७५-७६को पोलिशि बोनस न्यूनतम रू५०/- ल्याई नयाँ कम्पनीहरू मध्येमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।