लगानी खबर, काठमाडौँ - ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) काे आज अन्तिम दिन पनि लगानीकर्ताको उस्तै ओइरो लागेकाे छ ।
अन्तिम दिन बेलुका ४:३० बजेसम्ममा १३ लाख २६ हजार ७७ जना आवेदकले २ अर्ब ३७ करोड ३० लाख १८ हजार रूपैयाँ बराबरकाे २ करोड ३७ लाख ३० हजार १ सय ८० कित्ताकाे लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलले जानकारी दिएकाे छ । याे सर्वसाधारणकाे लागि माग गरिएकाे भन्दा ७.३० गुणा बढी आवेदन हो । अन्तिम तथ्यांक आउन बाँकी भएकाले थाेरै तलमाथि हुन सक्नेछ ।
कम्पनीले माघ २३ गते, शुक्रबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएकाे थियाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।