Like us!
Follow us!

शेयर बजार घट्दा पनि यी कम्पनीका शेयरधनीहरूले कमाए, तपाईँ पर्नुभयो त ?

शेयर बजार घट्दा पनि यी कम्पनीका शेयरधनीहरूले कमाए, तपाईँ पर्नुभयो त ?

लगानी खबर, काठमाडौँ - आज (मंगलबार) शेयर बजार राताम्मै भएकाे छ ।

मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक २९.०१ अंकले घटेर २५३२.४६ मा पुगेकाे छ । नेप्से १.१३ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.८९  अंकले घटेर ४६१.७० मा पुगेको छ । कूल १९४ वटा कम्पनीकाे एक कराेड ५९ लाख ८५ हजार एक सय ९८ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार एक सय ९३ रुपैयाँको कारोबार भएकाे छ । स्टकका अनुसार मंगलबार कारोबार भएका कूल १२ उपसमूहमध्ये २ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे शेयर घटेकाे छ ।

त्यसैगरी, घटेकाे बजारमा पनि मंगलबार गुडविल फाइनान्स लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेड, समृद्धि फाइनान्स लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड संस्थापक शेयर, प्रभु बैंक लिमिटेड संस्थापक शेयर, कालिका पावर कम्पनी लिमिटेड, नेपाल ल्युब आयल लिमिटेड, आँखुखाेला जलविद्युत कम्पनी लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरूले सबैभन्दा धेरै कमाएका छन् ।

60225e337b762.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।