Like us!
Follow us!

२९.०१ अंकले घट्यो शेयर बजार :  ग्रामीण विकास लघुवित्त कारोबारमा अब्बल

२९.०१ अंकले घट्यो शेयर बजार :  ग्रामीण विकास लघुवित्त कारोबारमा अब्बल

लगानी खबर, काठमाडौँ - आज (मंगलबार) शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । मंगलबार शेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक २९.०१ अंकले घटेर २५३२.४६ मा पुगेकाे छ । नेप्से १.१३ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.८९  अंकले घटेर ४६१.७० मा पुगेको छ ।

कूल १९४ वटा कम्पनीकाे एक कराेड ५९ लाख ८५ हजार एक सय ९८ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार एक सय ९३ रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार मंगलबार कारोबार भएका कूल १२ उपसमूहमध्ये २ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे शेयर घटेकाे छ । 

त्यसैगरी, मंगलबार काराेबार रकमकाे आधारमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । संस्थाकाे २८ कराेड २३ लाख ८५ हजार ५ सय ४१ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।

हेराैँ आजकाे शेयर तालिका :

60225e1f42a28.jpg 60225e2547128.jpg 60225e2ca4163.jpg 60225e337b762.jpg 60225e3b6a8cc.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।