Like us!
Follow us!

कर्णाली डेभलपमेन्ट बैंकले डाक्याे संयुक्त साधारण सभा, बुकक्लोज कहिले ?

कर्णाली डेभलपमेन्ट बैंकले डाक्याे संयुक्त साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौँ - कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले संयुक्त वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

बैंककाे माघ २६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे  वार्षिक साधारण सभा १५औं र १६औं वार्षिक साधारण सभा फागुन २१ गते शुक्रबार, मेरो प्लानेट, नेपालगञ्जमा बिहान १० बजेबाट सुरू हुनेछ ।

त्यसैगरी, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७४/७५ र २०७५/७६  को वार्षिक प्रतिवेदन,  आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने, सञ्चालकहरूकाे पारिश्रमिक अनुमाेदन गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा प्रयाेजनका लागि फागुन ५ गतेदेखि फागुन २१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60225a960e364.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।