Like us!
Follow us!

मिथिला लघुवित्तको नाफा ८०.१८ प्रतिशतले बढ्यो, अन्य सूचक के भए ?

मिथिला लघुवित्तको नाफा ८०.१८ प्रतिशतले बढ्यो, अन्य सूचक के भए ?

लगानी खबर  काठमाडाैं - मिथिला लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा २ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको भन्दा ८०.१८ प्रतिशत धेरै हो । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले एक करोड ६४ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ५ करोड १३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा २५.७९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ४ करोड ८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड ११ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिमा ६४.०७ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड ५० लाख रूपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पुँजी १२ करोड १७ लाख रुपैयाँ, जगेडा कोषमा १० करोड ६३ लाख रूपैयाँ, प्रतिशेयर आम्दानी ४८ रुपैयाँ ७५ पैसा र प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ३९ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेकाे वित्तिय विवरण यस प्रकारकाे छ :

60224e2435ada.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।