Like us!
Follow us!

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश शेयरधनीको बैंक खातामा, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश शेयरधनीको बैंक खातामा, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

लगानी खबर, काठमाडौँ - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ ।

बैंककाे माघ ८ गते, बिहीबार सम्पन्न भएकाे ३४औं वार्षिक साधारण सभाले पारित गरेकाे ५.५० प्रतिशत नगद लाभांश पाैष २१ गतेसम्म हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिएकाे बैंकले जनाएकाे छ । 

त्यसैगरी, बैंकले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे लाभांश प्राप्त गर्नका लागि आग्रह गरेकाे छ ।

यसका साथै, आफ्नो शेयर धिताे राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाकाे स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

बैंककाे शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

बैंक​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

6022498d10bea.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।