Like us!
Follow us!

महिला सहयात्रा लघुवित्तको नाफा १२४.०२ प्रतिशतले बढ्दा अधिकांश सूचकमा चमक

महिला सहयात्रा लघुवित्तको नाफा १२४.०२ प्रतिशतले बढ्दा अधिकांश सूचकमा चमक

लगानी खबर, काठमाडौँ - महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २ करोड २८ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १२४.०२ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले एक करोड २ लाख १८ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ६ करोड ७ लाख २ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा २६.४४ प्रतिशतले धेरै हाे । 

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले एक करोड ६४ लाख ८२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा १२७.९७ प्रतिशतले धेरै हाे । 

त्यस्तै, संस्थाकाे चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ, जगेडा कोषमा ५ करोड ५० लाख २४ हजार रूपैयाँ, प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ४० पैसा र प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ १४ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

6022435f17e74.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।