Like us!
Follow us!

शिवम् सिमेन्ट्सको नाफा १६.१३ प्रतिशतले बढ्याे, प्रतिशेयर आम्दानी कति ?

शिवम् सिमेन्ट्सको नाफा १६.१३ प्रतिशतले बढ्याे, प्रतिशेयर आम्दानी कति ?

लगानी खबर, काठमाडौँ - शिवम् सिमेन्ट्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ५८ करोड ९६ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको भन्दा १६.१३ प्रतिशत धेरै हो । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ५० करोड ७७ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिक्रीबाट ४ अर्ब २५ करोड ५९ लाख ९२ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ९.३६ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले बिक्रीबाट ४ अर्ब ६९ करोड ५६ लाख एक हजार रुपैयाँ आम्दानी गरेको थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ, शेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २६ रुपैयाँ ८० पैसा र प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ८३ पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

602212f758f71.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।