लगानीखबर काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन १२ गतेदेखि बिक्री खुल्ला गरेकाे लिलामी शेयरमा प्राप्त भएकाे बाेलपत्रहरू आज (साेमबार) खोलिने भएकाे छ ।
उक्त बाेलपत्रहरू आज बिहान ११ बजे बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे कार्यालय, नागपाेखरी, काठमाडौंमा खाेलिनेछ ।
कम्पनीले गत फागुन १८ गतेदेखि असार १९ गतेसम्म १० बराबर ६ (१०:६) को अनुपातमा १०० रूपैयाँ अंकित दरका ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गरेकोमा आवेदन नपरेको ५४ हजार ६ सय ३१ कित्ता शेयर लिलामी मार्फत बिक्री खुल्ला गरेको थियाे ।
कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।