Like us!
Follow us!

सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?

आज (सोमबार) सुनको मुल्यमा सामान्य गिरावट आएको छ । हिजो (आईतबार) ६ सय रुपैयाँले बढेको सुनको मुल्य आज भने घटेको हो । हिजो तोलाको ९० हजार ६ सयमा कारोबार भएको सुनको मुल्य आज २ सयले घटेर तोलाको ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, आज तेजवी सुनको मुल्य ८९ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, आज चाँदीको मुल्य तोलको ५ रुपैयाँले वृद्धि भएको छ । हिजो तोलाको १३ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज ५ रुपैयाँले बढेर तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।