Like us!
Follow us!

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिसँगै आयल निगम घाटामा

अन्तर्राष्ट्रिय बजारमा मूल्य  वृद्धिसँगै आयल निगम घाटामा

नाफा कमाउँदै आएको नेपाल आयल निगमलाई पछिल्लो समय १५ दिनमै एक अर्व बाराबरको घाटा भएको छ । इन्डियन आयल कर्पोरेशन(आइओसी) ले पठाएको नयाँ मुल्य अनुसार पेट्रोलियम पदार्थको मुल्य बढेर आएकाले निगमले १५ दिनमा झन्डै एक अर्ब घाटा बेहोर्नु परेको हो । 

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बढ्दै गएपछि नेपाल आयल निगमले पछिल्लो समय घाटा बेहोर्नु परेको हो । पेट्रोलियम पदार्थको मुल्य बढेर आएकाले १५ दिनमा झन्डै ९७ करोड ७५ लाख बराबरको नोक्सान हुने देखिएको निगमको भनाई छ । निगमलाई सबैभन्दा धेरै ग्यासमा ४६ करोड घाटा रहेको छ ।

कोरोना भाइरसको प्रभावका कारण बिश्वभर लकडाउन भएकाले चैत्र महिनामा प्रतिब्यारेल २० डलरमा पाइने कच्चा तेलको मूल्य अहिले बढेर ५० डलर प्रतिब्यारेल पुगेको छ ।   

आइओसीले गत सोमबार पठाएको मुल्य अनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा ६ सय रुपैयाँ ८० पैसा, डिजेलमा ४ रुपैयाँ ६७ पैसा घाटा रहेको छ । त्यसैगरी, खाना पकाउने ग्यासमा भने प्रतिसिलिन्डर ३ सय १७ रुपैयाँ ११ पैसा नोक्सान हुने निगमले जनाएको छ । त्यस्ते डिजेलमा प्रतिलिटर ९७ रुपैयाँ ६७ पैसा, मट्टितेल प्रतिलिटर ७४ रुपैयाँ ९० पैसा लागत पर्छ । 

आइओसीले प्रतेक महिनाको १ र १६ तारिखमा नयाँ मुल्य पठाउने गर्छ । सोही अनुसार निगमले स्थानीय बजारमा मुल्य समायोजन गर्दै आएको छ । निगमले आर्थिक वर्ष २०७२ साल देखि स्वचालीत मुल्य प्रणाली लागू गर्दै आएको छ । स्वचालीत मुल्य प्रणाली अनुसार इन्धनको मुल्य बढ्ने र घट्ने हुन्छ तर लगातार मुल्य बढ्दै गएपछि मुल्य बढाउँदा उपभोक्तालाई भारपर्ने भन्दै निगमले मुल्य स्थिरिकरण कोषबाट घाटा व्यवस्थापन गर्ने गर्छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।