Like us!
Follow us!

नेपाल फाइनान्सको हकप्रद डिम्याट खातामा जम्मा

नेपाल फाइनान्सको हकप्रद डिम्याट खातामा जम्मा

लगानी खबर, काठमाडौं – नेपाल फाइनान्स कम्पनी लिमिटेडले मंसिर ४ गते, बिहीबारदेखि मंसिर २४ गते बुधबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ ।

फाइनान्सले चुक्ता पूँजीको १२५ प्रतिशत अर्थात हाल कायम १ कित्ता बराबर नयाँ १.२५ कित्ता अनुपातमा १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्कासन गरेकाे थियाे । उक्त हकप्रद नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरिएको फाइनान्सले जानकारी दिएकाे छ ।

यसैगरी, फाइनान्सले कार्तिक ६ गतेसम्म आफ्नो भौतिक शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा हकप्रद शेयर जम्मा गरिएकाे बताउँदै फाइनान्सले आफ्नो भौतिक शेयर पूर्ण रुपमा अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा सोझै उनीहरुको हितग्राही खातामा हकप्रद शेयर जम्मा गरिने व्यवस्था गरिएकोले शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडले तोकेको ढाँचामा निवेदन दिन अनुरोध गरेकाे छ ।

फाइनान्स शेयर रजिष्ट्रार  प्रभु क्यापिटल लिमिटेड रहेकाे छ । 

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

601f9610515b9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।