Like us!
Follow us!

एनसीसी बैंकले २५ लाख कित्ता शेयर लिलामीमा ल्याउँदै, कहिलेबाट दिने आवेदन ?

एनसीसी बैंकले २५ लाख कित्ता शेयर लिलामीमा ल्याउँदै, कहिलेबाट दिने आवेदन ?

लगानी खबर, काठमाडौँ -  नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरि बिक्री गर्ने भएकाे छ । बैंकले न्युनतम मूल्य प्रति कित्ता १४० रूपैयाँमा फागुन २ गते आइतबारबाट २५ लाख कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरि बिक्री गर्न लागेकाे हाे ।

उक्त शेयरमा हालका संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले फागुन २ गतेदेखि फागुन ९ गतेसम्म न्यूतमम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन् ।

त्यसैगरी, उक्त शेयरकाे निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

601f8e05ae2de.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।