Like us!
Follow us!

विजय लघुवित्तको नाफा २८.७४ प्रतिशतले बढ्यो, अन्य सूचक के भए ?

विजय लघुवित्तको नाफा २८.७४ प्रतिशतले बढ्यो, अन्य सूचक के भए ?

लगानी खबर  काठमाडाैं - विजय लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ७ करोड २९ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको भन्दा २८.७४ प्रतिशत धेरै हो । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ५ करोड ६६ लाख ३४ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १५ करोड ५४ लाख ३५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा २३ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १२ करोड ६३ लाख ६१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड ५५ लाख ५८ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिमा ६.६६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ८ करोड २ लाख ११ हजार रूपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पुँजी २६ करोड ६५ लाख ९७ हजार रुपैयाँ, जगेडा कोषमा १२ करोड ८५ लाख २३ हजार रूपैयाँ, प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ७० पैसा र प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ २१ पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:

601f7fc12941c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।