Like us!
Follow us!

स्पेशल प्रि ओपनिङ्गमा कतिमा भयो चन्द्रागिरी हिल्सको कारोबार ?

स्पेशल प्रि ओपनिङ्गमा कतिमा भयो चन्द्रागिरी हिल्सको कारोबार ?

लगानी खबर, काठमाडौं –  धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) चन्द्रागिरी हिल्स लिमिटेडकाे पहिलो कारोबार भएको छ ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीकाे काराेबार प्रति कित्ता १६१ रूपैयाँमा भएकाे छ । 

शुक्रबार कम्पनीकाे एक करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता साधारण शेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रूपैयाँ ७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे ।

कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका CGH संकेत प्रदान गरिएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।