Like us!
Follow us!

भृकुटीमण्डपको जुत्ताचप्पल मेलामा घुइँचो, ५० प्रतिशतसम्म छुटमा किन्न पाउँदा ग्राहक मख्ख

भृकुटीमण्डपको जुत्ताचप्पल मेलामा घुइँचो, ५० प्रतिशतसम्म छुटमा किन्न पाउँदा ग्राहक मख्ख

लगानी खबर, काठमाडौं – फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा सुरु गरेको जुत्ता चप्पल मेलामा शनिबार निकै घुइँचो भएको छ ।

मेलामा नेपालका चर्चित फिटराइट, ल्यान्डवाक, फ्रस्टवाक९आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाईफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजीलगायतका ब्राण्डका जुत्ताचप्पल छन् ।

कोभिड १९ को संक्रमणको डरले लामो समय ठप्प रहेको समग्र अर्थतन्त्रलाई चलायमान बनाउने गरी मेला सुरु भएकाले सर्वसाधारण जुत्ता चप्पल किन्न ओइरिएका छन् । मेलामा २ सय ५० रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखिका जुत्ता राखिएकाले सर्वसाधारणले सस्तोमा किन्न पाउने छन् । त्यसैले लामो समय बजार ननिस्केकाहरु पनि मेलामा आएका छन् ।

मेलामा ५० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध गराउने मेला संयोजक कृष्णकुमार फुँयालले जानकारी दिएका छन् । मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अवसर उपलभोक्ताले पाउने छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजार ५ सयभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध हुनेछन् । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् । मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरु आकर्षण हुने छन् । जुत्ता उत्पादक कम्पनीले समर सिजनंलाई लक्षित गरेर उत्पादन गरेका नयाँ मोडलका जुत्ताचप्पल समेत उपलब्ध हुनेछन् ।

याे मेला १५ दिनसम्म चल्नेछ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।