Like us!
Follow us!

एनआरएन इन्फ्रास्टक्चरको साधारण सभा आज हुँदै : यस्ता छन् पारित हुने एजेन्डा

एनआरएन इन्फ्रास्टक्चरको साधारण सभा आज हुँदै : यस्ता छन् पारित हुने एजेन्डा

लगानी खबर, काठमाडौं – एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा आज (माघ २५ गते, आइतबार) हुँदैछ ।

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे आठौँ वार्षिक साधारण सभा अकामा होटल, सुकेधारा काठमाडौँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

सभामा कम्पनीकाे पुस १६ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीका शेयरधनीहरूलाई २.८५ प्रतिशत बोनस शेयर र ०..१५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा संस्थापक शेयरधनीका तर्फबाट ६ जना र सर्वसाधारणका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावाहरु पनि पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि माघ १२ गते एक दिनका लागि बुकक्लोज गरेकाे थियाे । त्यसैले, माघ ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । 

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।