Like us!
Follow us!

छुट्यो कि पछुतायो ! महिला लघुवित्तको आइपिओ भर्नुअघि जान्नै पर्ने कुराहरु

छुट्यो कि पछुतायो  ! महिला लघुवित्तको आइपिओ भर्नुअघि जान्नै पर्ने कुराहरु

लगानी खबर, काठमाडौँ - महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ३० गते, शुक्रबारबाट साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्दैछ ।

कुनै पनि कम्पनीमा लगानी गर्नु भन्दा अगाडी उक्त कम्पनीकाे बारेमा सबै कुराहरू थाहा पाउनु जरूरी हुन्छ । तब मात्र हामी सुरक्षित लगानी गर्न सक्षम हुन्छाैँ । त्यसैले, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आइपिओ भर्नु अगाडी एक चाेटी कम्पनीकाे विस्तृत विवरण अवस्य हेर्नुहाेला ।

संस्थाकाे बारेमा सबै विवरण थाहा पाउन यहाँ थिच्नुहाेस् 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कति दिने आवेदन ?

यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले छिटाेमा फागुन ४ गतेदेखि ढीलाेमा फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

काे हाे बिक्री प्रबन्धक ?

संस्थाकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गर्नेछ ।

रेटिङ्ग कति ?

इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।