Like us!
Follow us!

फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा डिशहोममा छुट

फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा डिशहोममा छुट

लगानी खबर, काठमाडौँ - डिश होमले ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको डिश होममा डिलर दाईको डिस्काउण्ट अफर ८८ जना ग्राहकले जितेका छन् । 

अफर जित्ने  ८८ जना ग्राहकले नगद एक लाखका दरले रकम हात पारेका छन् । यस्तै वार्षिक रिचार्ज गर्ने ग्राहकले समेत रिजार्च रकममा आकर्षक छुट पाएका छन् । जसले गर्दा ग्राहकले न्यूनतम शुल्कमा गुणस्तरीय सेवा प्राप्त गरेका छन् । २ फागुन २०७६ देखि सञ्चालित ‘डिलर दाइको डिस्काउण्ट अफर’ को समयावधि अन्तिम चरणमा पुगेको छ । आगामी २९ माघसम्मका लागि मात्र यो अफर लागू हुने डिश होम नेटवर्कले जनाएको छ । 

नेपालभरका डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफर वा अनलाईन प्रणालीबाट वार्षिक रिचार्ज गरे बापत ‘विक्ली लक्की ड्र’ मा सहभागी हुने अवसर डिशहोमले दिएको छ । फण्ड ट्रान्सफरबारे आधिकारिक जानकारीका लागि देशभर रहेका डिशहोम बिक्रेता, नजिकैका डिलर वा डिशहोम ग्राहक केन्द्रमा सिधै सम्पर्क गर्न सकिने छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।