Like us!
Follow us!

लगानी गर्न पैसा जम्मा गर्नुस् : रूरू जलविद्युतले पायो प्रिमियममा आइपिओ ल्याउन बोर्डबाट अनुमति

लगानी गर्न पैसा जम्मा गर्नुस् : रूरू जलविद्युतले पायो प्रिमियममा आइपिओ ल्याउन बोर्डबाट अनुमति

लगानी खबर, काठमाडौँ - रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट प्रिमियम मूल्यमा साधारण शेयर (आइपिओ) जारी गर्ने अनुमति पाएको छ ।

८ करोड ९६ लाख ९५ हजार २ सय २० रूपैयाँ बराबरको ८ लाख १५ हजार ४ सय ११ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार २५ गते बिहीबार सेबाेनमा निवेदन पेश गरेकाेमा धितोपत्र बोर्डले माघ २१ गते, बुधबार आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे हाे । कम्पनीले स्थानियका लागि छुट्याइएको १० प्रतिशत अर्थात ४ लाख ७ हजार ७०५ कित्ता शेयर प्रतिशेयर १०० रूपैयाँको दरमा र सर्वसाधारणका लागि छुट्याइएको १० प्रतिशत अर्थात ४ लाख ७ हजार ७०६ कित्ता शेयर प्रतिशेयर १२० रूपैयाँको दरमा बिक्री गर्न अनुमति मागेकाे थियाे । बाेर्डले साेही अनुसार अनुमति प्रदान गरेकाे हाे ।

 कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

601d275fa6605.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।