Like us!
Follow us!

सानिमा लार्ज क्याप फन्डको  इकाई बाँडफाँड

सानिमा लार्ज क्याप फन्डको  इकाई बाँडफाँड

लगानी खबर, काठमाडौं – सानिमा क्यापिटल लिमिटेडले माघ ९ गते, शुक्रबारदेखि माघ १५ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे "सानिमा लार्ज क्याप फन्ड" नामक सामुहिक लगानी कोषको  इकाई बाँडफाँड गरिएकाे छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन खुल्ला गरेकाे थियाे । निष्कासन अवधी भित्र माग गरेभन्दा अधिक इकाई खरिदको लागि आवेदन पर्न आएकोले प्रचलित कानून बमोजिम योजनाको आकारमा २० प्रतिशत थप गरि हुन आएको.१० रूपैयाँ अंकित दरको १२ करोड इकाईहरुमध्ये बीज पूँजीको रुपमा १६.१६ प्रतिशत अर्थात १ कराेड ९३ लाख ८८ हजार ९ सय ४० इकाई कोष प्रवद्धक सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई बाँडफाँड भई बाँकी रहेको १० कराेड ६ लाख ११ हजार ६० इकाईहरु रितपुर्वक आवेदन दिने आवेदकहरुलाई माग गरे बमोजिम माघ २३ गते बाँडफाँड गरिएको बताइएकाे छ ।

त्यसैगरी, बाँडफाँड सम्बन्धी विवरण आवेदकहरुले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित www.meroshare.cds.com.np बाट हेर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।