Like us!
Follow us!

आइएमई ट्राभल्सको २५औँ वार्षिकोत्सव सम्पन्न : ग्राहकलाई प्याकेज

आइएमई ट्राभल्सको २५औँ वार्षिकोत्सव सम्पन्न : ग्राहकलाई प्याकेज

लगानी खबर, काठमाडौँ - आइएमई ट्राभल्सले आफ्नो २५औँ वार्षिकोत्सवका अवसरमा नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) को कार्यालय प्रयोजनार्थ निर्माणाधीन भवनको सहयोगका लागि १ लाख ५१ हजार १ सय ११ रूपैयाँको चेक हस्तान्तरण गरेको छ ।

ट्राभल्सको केन्द्रीय कार्यालय काठमाडौंमा बिहीबार आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त रकम बराबरको चेक नाट्टाका प्रथम उपाध्यक्ष विनय बस्नेतलाई हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा आइएमई ट्राभल्सका संचालकद्वय सरिता ढकाल एवम् अर्जुन शर्मा पौडेल, प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटा र नाट्टाका महासचिव सुधिर उपाध्यायको उपस्थिति रहेको थियो ।

साथै, आइएमई ट्राभल्सले आफ्नो २५औँ वार्षिकोत्सवका अवसर पारेर पर्यटन विकासमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले आन्तरिक पर्यटकहरूलाई लक्षित गर्दै विभिन्न ग्राहकमूखी योजना ल्याएको छ ।

बैंकिङ्ग, रेमिटेन्स, इन्सुरेन्स लगायतका व्यावसायिक क्षेत्रमा आफुलाई अब्बल साबित गर्दै आइरहेको आइएमई समुहले पर्यटन क्षेत्रको समग्र बिकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ । 

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।