Like us!
Follow us!

शुक्रबार एकैदिन ११ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार एकैदिन ११ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौँ - नेपाली बजारमा आज (शुक्रबार) पनि सुनकाे मूल्यमा ओरालाे यात्रा तय गरेकाे छ । 

शुक्रबार सुनकाे मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घटेर प्रतिताेला ९० हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि ताेलाकाे एक हजार एक सय रूपैयाँले नै घटेर प्रतितोला ८९ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, शुक्रबार चाँदीकाे मूल्य पनि ताेलामा १० रूपैयाँले घटेर प्रतिताेला एक हजार २ सय ९० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।