Like us!
Follow us!

आँधिखोला लघुवित्तको नाफा १०३.४५ प्रतिशतले बढ्दा अधिकांश सूचकमा चमक

आँधिखोला लघुवित्तको नाफा १०३.४५ प्रतिशतले बढ्दा अधिकांश सूचकमा चमक

लगानी खबर, काठमाडौँ - आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १०३.४५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ८८ लाख ५६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ३ करोड ४६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३ करोड २४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २ करोड २६ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ४० लाख रूपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पुँजी १० करोड रुपैयाँ, जगेडा कोषमा ५ करोड ८७ लाख रूपैयाँ, प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ४ पैसा र प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ७३ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

601ce4abd7c77.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।