लगानी खबर, काठमाडौँ - एनएमबि बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश वितरण गर्नका लागि बैंक खाता अद्यावधिक गर्न आग्रह गरेकाे छ ।
बैंककाे पाैष २९ गते, बुधबार सम्पन्न भएकाे पच्चीसाैँ वार्षिक साधारण सभाले पारित गरेकाे करसहित ३.२० प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा माघ २५ गते, आइतबारबाट क्रमश जम्मा गरिने भएकाे हुनाले बैंकले खाता अद्यावधिक गर्न आग्रह गरेकाे हाे । 
हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरूले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न सक्नेछन् ।
यसका साथै, आफ्नो शेयर धिताे राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाकाे स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
बैंककाे शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 
                         
                                                     
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।