लगानी खबर, काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेड सिन्धुली शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न भएको छ ।
बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकर बर्मा तिवारी, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेश चन्द्र बैदार तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले भानुभक्त माध्यमिक विद्यालयलाई बैंकको तर्फबाट ७ थान कम्प्युटरसमेत हस्तान्तरण गरेका थिए । साथै उनले निरूशा किराना तथा डेरी पसललाई नगदरहित कारोबारका लागि क्यूआर काेड स्टान्ड हस्तान्तरण गरेका थिए ।
ग्लोबल आइएमई बैंकले देशका ७४ जिल्लामा फैलिएको २६७ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २२ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।