Like us!
Follow us!

बिहीबार प्रभु लाइफ इन्स्योरेन्ससहित यी कम्पनीका लगानीकर्ता भए निराश

बिहीबार प्रभु लाइफ इन्स्योरेन्ससहित यी कम्पनीका लगानीकर्ता भए निराश

लगानी खबर, काठमाडौँ -  आज (बिहीबार) शेयर बजार ८.३४ अंकले बढेर २४७५.२६ विन्दुमा पुगेकाे छ । नेप्से ०.३४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.६८ अंकले बढेर ४५४.०२ मा पुगेको छ । कूल २ सय एक वटा कम्पनीकाे एक कराेड ८७ लाख १९ हजार ४ सय ८९ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड ५० लाख ९७ हजार ४ सय ९ रुपैयाँको कारोबार भएकाे छ ।

बढेकाे बजारमा यस दिन प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेड संस्थापक शेयर, कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेड, नेपाल फाइनान्स लिमिटेड, नबिल ब्यालेन्स फण्ड २, मेघा बैंक लिमिटेड, युनाइटेड फाइनान्स लिमिटेड, गुडविल फाइनान्स लिमिटेड, सेन्ट्रल फाइनान्स लिमिटेड र साेल्टी हाेटल्स लिमिटेडका लगानीकर्ताले आफ्नो आम्दानी गुमाएका छन् ।

601bbe958eb78.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।