Like us!
Follow us!

लघुवित्तमा लगानीकर्ताको आकर्षण : बिहीबार यी कम्पनीका लगानीकर्ता भए मालामाल, तपाईँ पर्नुभयो त ?

लघुवित्तमा लगानीकर्ताको आकर्षण : बिहीबार यी कम्पनीका लगानीकर्ता भए मालामाल, तपाईँ पर्नुभयो त ?

लगानी खबर, काठमाडौँ - आज बिहीबार शेयर बजार हरियाे भएर नै बन्द भएकाे छ । बिहीबारकाे शेयर बजार हेर्दा लघुवित्त कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढेकाे पाइन्छ । बिहीबार शेयर मूल्य बढ्ने कम्पनीकाे सूचीमा अधिकांश लघुवित्त कम्पनीहरू रहेका छन् । 

बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ८.३४ अंकले बढेर २४७५.२६ विन्दुमा पुगेकाे छ । नेप्से ०.३४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.६८ अंकले बढेर ४५४.०२ मा पुगेको छ । कूल २ सय एक वटा कम्पनीकाे एक कराेड ८७ लाख १९ हजार ४ सय ८९ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड ५० लाख ९७ हजार ४ सय ९ रुपैयाँको कारोबार भएकाे छ ।

बढेको बजारमा सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड, समिट लघुवित्त वित्तीय संस्था लिमिटेड, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरूले सबैभन्दा धेरै आम्दानी गरेका छन् । 

601bbe8f21910.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।