Like us!
Follow us!

८.३४ अंकले बढ्यो शेयर बजार : एक दर्जन भन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

८.३४ अंकले बढ्यो शेयर बजार : एक दर्जन भन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

लगानी खबर, काठमाडौँ - साताकाे अन्तिम काराेबार दिन आज बिहीबार शेयर बजार सामान्य सुधार देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) शेयर कारोबार मापक नेप्से परिसूचक ८.३४ अंकले बढेर २४७५.२६ विन्दुमा पुगेकाे छ । नेप्से ०.३४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.६८ अंकले बढेर ४५४.०२ मा पुगेको छ ।

कूल २ सय एक वटा कम्पनीकाे एक कराेड ८७ लाख १९ हजार ४ सय ८९ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड ५० लाख ९७ हजार ४ सय ९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये ६ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ६ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

त्यसैगरी, बिहीबार १५ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

 हेराैं आजकाे शेयर तालिका :

601bbe6f13b1d.jpg 601bbe7c54794.jpg 601bbe84985cd.jpg 601bbe8f21910.jpg 601bbe958eb78.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।