Like us!
Follow us!

सेन्ट्रल फाइनान्सको १० प्रतिशत लाभांश शुक्रबार पारित हुँदै

सेन्ट्रल फाइनान्सको १० प्रतिशत लाभांश शुक्रबार पारित हुँदै

लगानी खबर, काठमाडौं – सेन्ट्रल फाइनान्स लिमिटेडकाे वार्षिक साधारण सभा भाेलि (माघ २३ गते, शुक्रबार) हुँदैछ ।

फाइनान्सकाे पाैष २८ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार फाइनान्सकाे २४औं वार्षिक साधारण सभा फाइनान्सकाे कर्पाेरेट भवन, कुपण्डाेल, ललितपुरमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा फाइनान्सकाे पाैष १२ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद गरि कुल १०  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा फाइनान्सकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि माघ १२ गतेदेखि माघ २३ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, माघ ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।