Like us!
Follow us!

ग्रामीण विकास लघुवित्तको नाफा ५९.४४ प्रतिशतले बढ्दा अन्य सूचक कस्ता छन् ?

ग्रामीण विकास लघुवित्तको नाफा ५९.४४ प्रतिशतले बढ्दा अन्य सूचक कस्ता छन् ?

लगानी खबर, काठमाडौँ - ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १७ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ५९.४४ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ११ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ५५ करोड ८३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ३.७४ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ५३ करोड ८१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे सञ्चालन मुनाफा पनि ५८.२१ प्रतिशतले बढेर २० करोड ६ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १२ करोड ६८ लाख रूपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकाे हाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ, जगेडा कोषमा ७७ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ३२ पैसा र प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ४६ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

601ba95916595.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।