Like us!
Follow us!

भर्खरै आइपिओ ल्याएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अधिकांश सूचकमा गिरावट किन ?

भर्खरै आइपिओ ल्याएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अधिकांश सूचकमा गिरावट किन ?

लगानी खबर, काठमाडौँ - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ३५ करोड २२ लाख ५५ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १२.५४ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ४० करोड २७ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

यस्तै, पाैष मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा २७ कराेड ६० लाख रुपैयाँ रहेको छ । 

दोस्रो त्रैमाससम्म आइपुग्दा बैंककाे खुद व्याज आम्दानी पनि ७.७२ प्रतिशतले घटेर ५६ करोड ९४ लाख ८५ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ६१ करोड ७१ लाख ३३ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि १२.३१ प्रतिशतले घटेर ५० करोड ३५ लाख ७६ हजार रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ५७ करोड ४३ लाख २० हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी १२ अर्ब रुपैयाँ, जगेडा कोषमा १ अर्ब ९४ करोड २५ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८७ पैसा र प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ १९ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

601b7f8f6d30d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।