Like us!
Follow us!

नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको मलेसियाको अर्थतन्त्र १७ प्रतिशतले संकुचित

नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको मलेसियाको अर्थतन्त्र १७ प्रतिशतले संकुचित

लगानीखबर,  क्वालालम्पुर- नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको मलेसियाको अर्थतन्त्र अन्तिम त्रैमासिक अवधिमा झण्डै १७ प्रतिशतले संकुचित भएको छ ।

सन् २००८ को विश्वव्यापी आर्थिक संकटयता पहिलो पटक मलेसियाको अर्थतन्त्रमा यतिठूलो संकुचन आएको यो पहिलो पटक हो । 

मलेसियाको केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा अप्रिल–जुन महिनाको अवधिमा खुद वार्षिक वृद्धिदरमा १६.५ प्रतिशतले कमी आएको उल्लेख छ । वर्षको पहिलो त्रैमासिक अवधिमा मलेसियाको अर्थतन्त्रको संकुचन २ प्रतिशत थियो । 

कोरोनाभाइरस फैलिनबाट रोक्ने उद्देश्यले गरिएको लकडाउनका कारण व्यापार व्यवसाय बन्द, यात्रा प्रतिबन्ध तथा अन्य व्यवस्थाले अर्थतन्त्रमा गहिरो असर परेको बैंकको भनाई छ । 

तर बैंकले मे महिनामा महामारीसँग सम्बन्धित कतिपय प्रतिबन्धहरु हटाइएपछि निर्यात, औद्योगिक उत्पादन र उपभोग्य खर्चमा उल्लेख्य सुधार आएको जनाएको छ । 

राष्ट्रबैंकले वर्षभर समग्र अर्थतन्त्र ३.५ देखि ५.५ प्रतिशत ऋणात्मक हुने प्रक्षेपण गरेको छ । मलेसियाको अर्थतन्त्र आगामी सन् २०२१ मा ५.५ देखि ८ प्रतिशतका दरले वृद्धि हुने बैंकको भनाई छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।