लगानी खबर, काठमाडौँ - आज (बुधबार) शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । बुधबार शेयर बजारमा सामान्य गिरावट देखिएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ६.८१ अंकले घटेर २४६६.९२ मा पुगेकाे छ । नेप्से ०.२८ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक भने ०.९२ अंकले घटेर ४५२.२९ मा पुगेको छ ।
कूल २०१ वटा कम्पनीकाे २ कराेड २० लाख ४० हजार ५ सय १६ कित्ता शेयर खरिदबिक्री हुँदा ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४ सय ९६ रुपैयाँको कारोबार भएकाे छ ।
स्टकका अनुसार बुधबार कारोबार भएका कूल १२ उपसमूहमध्ये ४ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे शेयर घटेकाे छ ।
त्यसैगरी, बुधबार काराेबार रकमकाे आधारमा ग्लोबल आइएमई बैंक लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । बैंककाे ५६ कराेड १९ लाख २४ हजार २ सय १२ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।
हेराैं आजकाे शेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।