Like us!
Follow us!

लाइफ इन्स्योरेन्स कर्पोरेशनको १०.५२% लाभांश कहिले हुन्छ पारित ?

लाइफ इन्स्योरेन्स कर्पोरेशनको १०.५२% लाभांश कहिले हुन्छ पारित ?

लगानी खबर, काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे माघ २० गते मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे अठाराैँ वार्षिक साधारण सभा फागुन २५ गते काठमाडौंमा हुनेछ ।

सभामा कम्पनीकाे मंसिर १० गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७५/७६ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

601a67c6da509.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।