Like us!
Follow us!

लाभांश पारित गर्न नेरुडे लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लाभांश पारित गर्न नेरुडे लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौं – नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

संस्थाकाे माघ १८ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे चाैँधाैँ वार्षिक साधारण सभा फागुन २२ गते, शनिबार हुनेछ ।

सभामा संस्थाकाे पाैष २४ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन ७ गतेदेखि फागुन २२ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

601a5a3e708b9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।