Like us!
Follow us!

स्वरोजगार लघुवित्तको नाफा १८.७२% ले बढ्दा अन्य सूचक कस्ता छन् ?

स्वरोजगार लघुवित्तको नाफा १८.७२% ले बढ्दा अन्य सूचक कस्ता छन् ?

लगानी खबर, काठमाडौँ - स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ६ करोड ६१ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १८.७२ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ५ करोड ५७ लाख ५१ रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १३ करोड ५७ लाख ६३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा १.०४ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १३ करोड ४३ लाख ६९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे सञ्चालन मुनाफा भने १० करोड ६७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ३६ करोड ५९ लाख रुपैयाँ, जगेडा कोषमा १७ करोड ३५ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी ३६ रुपैयाँ १७ पैसा र प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ४४ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

601a538b8ccfe.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।