Like us!
Follow us!

कालिका लघुवित्तको नाफा ९१७.१७ प्रतिशतले बढ्यो : अधिकांश सूचकमा चमक

कालिका लघुवित्तको नाफा ९१७.१७ प्रतिशतले बढ्यो : अधिकांश सूचकमा चमक

लगानी खबर, काठमाडौं – कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाकाे नाफासँगै अधिकांश सूचकमा चमक देखिएकाे छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २ करोड ७५ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको भन्दा ९१७.१७ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २७ लाख ९ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १३ करोड ३ लाख ३७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ५९.६१ प्रतिशतले धेरै हाे । त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ९५ लाख ७५ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन मुनाफा ४२ लाख रुपैयाँ ऋणात्मक थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी २५ करोड २३ लाख रुपैयाँ, जगेडा कोषमा १७ करोड ४३ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८४ पैसा र प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

601a46b42e0cd.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।