Like us!
Follow us!

महुली लघुवित्तको नाफा ८३.६१ प्रतिशतले बढ्याे, प्रतिशेयर आम्दानी कति ?

महुली लघुवित्तको नाफा ८३.६१ प्रतिशतले बढ्याे, प्रतिशेयर आम्दानी कति ?

लगानी खबर, काठमाडौं – महुली लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३ करोड ७२ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको भन्दा ८३.६१ प्रतिशत धेरै हो । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २ करोड ३ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ९ करोड ६४ लाख १२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ७.३९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ८ करोड ९७ लाख ७५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड २२ लाख ४१ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा २८.९२ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३ करोड ३१ लाख ३७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी १८ करोड ६६ लाख रुपैयाँ, जगेडा कोषमा २३ करोड ४१ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ९६ पैसा र प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ४७ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

601a33d827c78.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।