लगानी खबर, काठमाडौँ - आज मंगलबार पनि शेयर बजारमा उत्साह कायम नै रहेकाे छ । मंगलबारकाे शेयर बजार हेर्दा इन्स्याेरेन्स कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढेकाे पाइन्छ । मंगलबार शेयर मूल्य बढ्ने कम्पनीकाे सूचीमा अधिकांश बीमा कम्पनीहरू रहेका छन् । यस दिन ११ वटा इन्स्याेरेन्स कम्पनीकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
शेयर कारोबार मापक नेप्से परिसूचक ६५.४९ अंकले बढेर २४७३.७३ विन्दुमा पुगेकाे छ । नेप्से २.७२ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १४.१० अंकले बढेर ४५१.३८ मा पुगेको छ । कूल २ सय वटा कम्पनीकाे एक कराेड ५० लाख ६३ हजार एक सय ७८ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ४६ करोड ५४ लाख ५ हजार ७ सय ३३ रुपैयाँको कारोबार भएकाे छ ।
बढेको बजारमा युनाइटेड इन्स्याेरेन्स कम्पनी नेपाल लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सपाेर्ट माइक्राेफाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, अजाेड इन्स्याेरेन्स कम्पनी लिमिटेड, रिलायन्स लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेड संस्थापक शेयर, सानिमा जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड, प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडका शेयरधनीहरूले सबैभन्दा धेरै आम्दानी गरेका छन् । यी सबै कम्पनीकाे शेयरमूल्य मंगलबार ९ प्रतिशत भन्दा धेरैले बढेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।