Like us!
Follow us!

ग्लोबल आइएमई लघुवित्तको नाफा ५३.६९ प्रतिशतले बढ्याे, अधिकांश सूचक उत्साहजनक

ग्लोबल आइएमई लघुवित्तको नाफा ५३.६९ प्रतिशतले बढ्याे, अधिकांश सूचक उत्साहजनक

लगानी खबर, काठमाडौं – ग्लाेबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १२ करोड ९ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको भन्दा ५३.६९ प्रतिशत धेरै हो । गत वर्ष कम्पनीले ७ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 
 
उक्त विवरण अनुसार संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १९ करोड ४७ लाख रुपैयाँ  खुद व्याज आम्दानी गरेको छ । उक्त व्याज आम्दानी गत वर्षको भन्दा ३५.४६ प्रतिशतले धेरै हाे । गत वर्षको सोहि अवधिमा संस्थाले १४ करोड ३७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

त्यसैगरी, संस्थाको सञ्चालन नाफा पनि बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १३ करोड ३२ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । गत वर्षको अवधिमा यो नाफा १२ करोड ३६ लाख रुपैयाँ रहेको थियो । 
 
त्यसैगरी, संस्थाकाे चुक्ता पुँजी ३३ करोड ८ लाख ८४ हजार रुपैयाँ र जगेडा कोषमा १८ करोड ७९ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, संस्थाको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ६६ पैसा र प्रतिशेयर आम्दानी ७३ रुपैयाँ १३ पैसा रहेको छ । 

संस्थाले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

6019055bb3233.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।