Like us!
Follow us!

१५.७९% लाभांश पारित गर्न गणपति लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

१५.७९% लाभांश पारित गर्न गणपति लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौं – गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

संस्थाकाे माघ १६ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे चाैँथाे वार्षिक साधारण सभा फागुन २८ गते, शुक्रबार,  ह्वाइट हाउस पार्टी प्यालेस, दुलेगौँडा तनहुँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

संस्थाकाे पाैष २२ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन १४ गतेदेखि फागुन २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

6016a4d3c891b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।