Like us!
Follow us!

सिद्धार्थ बैंकले बैंक खातामा लाभांश पठाउने: खाता अद्यावधिक गर्न आग्रह

सिद्धार्थ बैंकले बैंक खातामा लाभांश पठाउने: खाता अद्यावधिक गर्न आग्रह

लगानी खबर, काठमाडौँ - सिद्धार्थ बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश वितरण गर्नका लागि बैंक खाता अद्यावधिक गर्न आग्रह गरेकाे छ ।

बैंककाे माघ १६ गते, शुक्रबार सम्पन्न भएकाे उन्नाइसाैँ वार्षिक साधारण सभाले पारित गरेकाे करसहित ३ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिने भएकाे हुनाले बैंकले खाता अद्यावधिक गर्न आग्रह गरेकाे हाे । 

हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरूले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न सक्नेछन् ।

यसका साथै, आफ्नो शेयर धिताे राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाकाे स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

बैंककाे शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

बैंक​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

60169ff330115.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।