Like us!
Follow us!

लगानीकर्तामा द्विविधा सिर्जना भएपछि बोल्यो धितोपत्र बोर्ड, आखिर के हो त निर्णय ?

लगानीकर्तामा द्विविधा सिर्जना भएपछि बोल्यो धितोपत्र बोर्ड, आखिर के हो त निर्णय ?

लगानी खबर, काठमाडौँ - नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) शेयर कारोबारको राफसाफ तथा फछर्यौट चक्र ‘टी प्लस टु’ काे कार्यान्वयन तथा मार्जिन रकम भुक्तानी सम्बन्धमा स्पष्ट पार्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेकाे छ । 

बाेर्डले धिताेपत्र दलाल व्यवसायीले खरिद आदेश प्राप्त गर्दा साे आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमकाे कम्तिमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट नगदै अग्रिम रूपमा लिनुपर्ने व्यवस्था गरिएकाे भनी विभिन्न सञ्चार माध्यममा आएकाे समाचार र यसबाट लगानीकर्तामा द्विविधा सिर्जना भएकाेमा आफ्नाे ध्यानाकर्षण भएको जनाएकाे छ ।

राफसाफ तथा फछर्यौट ‘टी प्लस टु’ मा गरिसक्नु पर्ने व्यवस्था भएको र कतिपय धितोपत्र दलाल व्यवसायीहरुले सोको पालना नगरेको भनी लगानीकर्ताबाट गुनासो आएकोले सोही अनुसार समयमा नै धितोपत्र तथा रकम सम्बन्धित लगानीकर्ताले पाउने व्यवस्था कडाईका साथ पालना गर्न परिपत्र जारी गरिएको बाेर्डले जानकारी दिएकाे छ ।

यसैगरी, धितोपत्र तथा रकम सम्बन्धित लगानीकर्ताले पाउने व्यवस्था कडाईका साथ पालना गर्न परिपत्र जारी गरेको र धितोपत्र दलाल व्यवसायीले समयमा नै लगानीकर्तालाई रकम भुक्तानी गर्न सकुन् भन्ने उद्देश्यले यसअघि नै व्यवस्था गरिएको धितोपत्र कारोवार संचालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम धितोपत्र विक्री गर्ने लगानीकर्तासँग मार्जिन रकम वा चेक लिनसक्ने जानकारी गराइएको पनि विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

त्यस्तै, बोर्डले लगानीकर्ताले खरिद गरेको धितोपत्र र धितोपत्र बिक्री वापतको रकम समयमा नै लगानीकर्तालाई प्राप्त होस भन्ने उद्देश्यले उक्त परिपत्र जारी गरेको र यस कार्यलाई थप प्रभावकारी बनाउन बोर्ड अध्यक्ष सहितका उच्च तहका कर्मचारी, नेप्सेको प्रतिनिधि तथा ब्रोकर एशोसियशन अफ नेपालका पदाधिकारीबीच आज बोर्डमा छलफल भई धितोपत्र कारोवारलाई बैंक तथा निक्षेप सदस्यसँग इन्टिग्रेशन गर्ने गरी लगानीकर्ताको धितोपत्र कारोवार खाता, मार्जिन खाता तथा क्लियरिङ्ग खाताका सम्बन्धमा उचित व्यवस्थापन निकट भविष्यमा नै गर्ने गरी आवश्यक कार्य अगाडि बढाउने निर्णय भएको बताउँदै विभिन्न समाजिक सञ्जाल तथा भ्रामक र अपूर्ण सूचना र हल्लाको पछि नलाग्न अनुराेध गरेकाे छ ।

बाेर्डले प्रकाशन गरेकाे प्रेस विज्ञप्ति यस प्रकारकाे छ :

6016974298db0.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।