Like us!
Follow us!

कोरोना कोषमा सनराइज बैंकको सहयोग

कोरोना कोषमा सनराइज बैंकको सहयोग

लगानीखबर काठमाडौं–  सनराइज बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई रु ७९ लाख ४४ हजार ४७६ सहयोग गरेको छ । सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम हस्तान्तरण गरिएको जनाएको छ ।
 अर्थमन्त्री डा युवराज खतिवडालाई बैंक सञ्चालक समिति सदस्य शारदा शर्मा पुडासैनीले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा अर्थमन्त्री डा खतिवडाले उक्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्वको प्रशंसनीय उदाहरण भएको उल्लेख गर्दै प्राप्त रकम सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा सदुपयोग गर्ने बताउनुभयो ।
 
उक्त रकमबाट कोरोना संक्रमण रोेकथाम तथा उपचारका लागि सहयोग पुग्ने बैंकले विज्ञप्तिमार्फत जनाएको छ । बैंकले यसअघि पनि मुलुकका विभिन्न प्रदेश सरकार तथा स्थानीय तह  र  अस्पताललाई कोरोनासँग लड्न पिपिई, मास्क, स्यानिटाइजरलगायत आवश्यक स्वास्थ्य सामर्ग्री हस्तान्तरण गरेको थियो ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।