लगानी खबर, काठमाडौँ - आज (आइतबार) शेयर बजार राताम्मै भएकाे छ ।
आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ५४.७५ अंकले घटेर २३७०.५४ मा पुगेकाे छ । नेप्से २.२६ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ९.७३ अंकले घटेर ४३२.३३ मा पुगेको छ । कूल २०६ वटा कम्पनीकाे एक कराेड ६२ लाख ७७ हजार २ सय ४५ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार ४ सय ५० रुपैयाँको कारोबार भएकाे छ ।
त्यसैगरी, घटेकाे बजारमा नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, नेपाल टेलिकम, नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड, हिमालयन डिष्टीलरी, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र प्रभु बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।
घटेकाे बजारमा यी हुन् सर्वाधिक काराेबार भएका १० कम्पनी :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।