Like us!
Follow us!

शेयर बजार घट्दा पनि यी कम्पनीका शेयरधनीहरूले कमाए, तपाईँ पर्नुभयो कि भएन त ?

शेयर बजार घट्दा पनि यी कम्पनीका शेयरधनीहरूले कमाए, तपाईँ पर्नुभयो कि भएन त ?

लगानी खबर, काठमाडौँ - आज (आइतबार) शेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ ।

आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ५४.७५ अंकले घटेर २३७०.५४ मा पुगेकाे छ । नेप्से २.२६ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ९.७३ अंकले घटेर ४३२.३३ मा पुगेको छ । कूल २०६ वटा कम्पनीकाे एक कराेड ६२ लाख ७७ हजार २ सय ४५ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार ४ सय ५० रुपैयाँको कारोबार भएकाे छ ।

त्यसैगरी, आइतबार प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेड संस्थापक शेयर, सगरमाथा इन्स्याेरेन्स कम्पनी लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेड, नबिल बैंक लिमिटेड संस्थापक शेयर, तारागाउँ रिजेन्सी र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका शेयरधनीहरूले सबैभन्दा धेरै कमाएका छन् ।

60168528f06ae.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।