लगानी खबर, काठमाडौँ - साताकाे पहिलाे दिन आज (आइतबार) शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । आइतबार शेयर बजारमा भारी अंककाे गिरावट देखिएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ५४.७५ अंकले घटेर २३७०.५४ मा पुगेकाे छ । नेप्से २.२६ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ९.७३ अंकले घटेर ४३२.३३ मा पुगेको छ ।
कूल २०६ वटा कम्पनीकाे एक कराेड ६२ लाख ७७ हजार २ सय ४५ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार ४ सय ५० रुपैयाँको कारोबार भएकाे छ ।
स्टकका अनुसार आइतबार कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै वटा उपसमूहकाे शेयर राताम्मै भएकाे छ
त्यसैगरी, आइतबार काराेबार रकमकाे आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । कम्पनीकाे ३९ कराेड ८९ लाख ५९ हजार ७ सय ९ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।
हेराैं आजकाे शेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।